कोरोनाको दोश्रो लहरले नेपालमा लकडाउन सुरु भएको दुई महिना पुग्न थाल्यो। अप्रिल २६ मा बसेको क्याबिनेट बैठकले लिएको निर्णयले नेपालमा पूर्ण लकडाउन को घोषणा गरेको थियो। अप्रिल २९ तारिख देखी सुरु गरिएको लकडाउन थपीदै असार १ गते सम्म पनि कहिले खुल्ने टुंगो लागिसकेको छैन। संक्रमितको संख्या एक तिहाइले घट्न थालेपछि धेरैले असार देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुल्छ भनेर सोचेका थिए। तर त्यसो हुने सम्भावना अझै देखिदैन। उपत्यकाका सिडिओको बसेको बठैकले उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय गरेको छ। सोही अनुसार निषेधाज्ञा आगामी असार ७ गतेसम्म जारी रहने छ। यद्यपि यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको खाद्यान्न पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ।
हावाइ उडान पूर्णरुपमा ठप्प पारी सुरु गरिएको लकडाउन अहिले डेढ महिना बितिसक्दा भारत सहित केही देशहरुमा आंशिक उडान सुचारु छन्। 
केही दिन बिराई हुने एस्ता उडानले केही सहजता थपेको छ भने धेरै पिडा थपिदिएको छ। बिशेष गरेर खाडी मुलुकमा बैदेशिक रोजगारी गर्ने श्रमिकहरुको लागि भाडादार उच्च रहेको उनिहरुको भनाई छ। कम्पनिमा श्रम सम्झौता सकिएका र भविश्यको आशामा टुरिष्ट भिषामा यूएई लगाएत खाडी मुलुक आइपुगेका नेपाली अहिले मर्कामा परेका छन्। कोरोनाका कारण काम नपाईने र नेपाल फर्कनकालागी हवाइ सेवा बन्द हुँदा भिसा सकिएर फाइन तिर्नु पर्नेहरुको पिडा सुनीनसक���नु छ। युएईमा रहेर नेपालीहरुको हकहित र सेवामा समर्पित संस्था नेपाल एसोसिएसनका अनुसार युएईमा मात्र अलपत्र पर्ने हरुको संख्या पाँच हजार हाराहारी छ।

चर्टर्ड र केही देशहरुमा मात्र सिमित रहेको हवाइ उडान तोकिएको स्वास्थ मापदण्द पुरागरी सुचारु गर्न बिभिन्न संघ संस्थाहरुले माग गरेपनी त्यसको सुनुवाई हुन सकेको छैन। नेपाल एअरलाइन्सका यूएई म्यानेजर टिकाराम पंगेनिका अनुसार जुन २३ र ३० तारिखमा दुबईदेखी काठमाडौं सिधा बिशेष चार्टर्ड फ्लाइट हुनेछ। वाइडबडी जहाजले एक पटक मा २६४ जना यत्रु बोक्ने जानकारी दिनुभयो।